गोरखालाई केन्द्रबिन्दु बनाएर भूकम्‍पको परकम्प

 काठमाडौं: गोरखालाई केन्द्रबिन्दु बनाएर सोमबार बिहानै  भूकम्‍पको परकम्प (धक्‍का महसुस) गएको छ।
बिहान ५ बजेर १५ मिनेटमा गोरखाको सौरपानीलाई केन्द्रबिन्दु बनाएर ४.९ म्‍याग्निच्‍यूडको परकम्प गएको हो।
भूकम्‍पको धक्‍का राजधानीमा समेत महसुस भएको थियो।  यसअघि आइतबार सिन्धुपाल्चोकलाई केन्द्रबिन्दु बनाएर बिहान ७ बजेर ५५ मिनेटमा ४.१ म्‍याग्निच्‍यूडको परकम्प गएको थियो।
 
यता, हुम्‍लामा आइतबार मध्‍यराति ४ म्‍याग्निच्‍यूडको भूकम्‍प गएको छ। राति १२ बजेर २१ मिनेटमा हुम्‍लाको हेप्का केन्द्रबिन्दु बनाएर भूकम्‍प गएको  राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ। अन्नपूर्ण पोस्टमा समाचार छ ।