पाँच दिनदेखिको लगातार बन्दका कारण सुदूरपश्चिमको जनजीवन नराम्ररी प्रभावित ! सुर्खेतमा मध्य पश्चिमाञ्चल विकास क्षेत्र अखण्ड हुनुपर्ने माग गर्दै बन्द

पाँच दिनदेखिको लगातार बन्दका कारण सुदूरपश्चिमको जनजीवन नराम्ररी प्रभावित बनेको छ ।
बन्दको आह्वान कैलाली र कञ्चनपुरमा मात्र भए पनि आंशिक प्रभाव भने सुदूरपश्चिमका ९ वटै जिल्लाहरुमा परेको छ ।
कैलाली र कञ्चनपुर बाहेकका जिल्लामा बजार खुले पनि लामो दूरिका यातायातका साधन सञ्चालनमा आउन सकेका छैनन् ।
कैलाली र कञ्चनपुरमा भने बजार, यातायात, कलकारखाना र शैक्षिकसंस्था समेत ठप्प बनेका छन् ।
कैलाली- कञ्चनपुरलाई थारुवान राज्यमा समाबेस गरिनुपर्ने माग गर्दै थारु कल्याणकारी सभाले तीन दिन यता बन्दको आह्वान गरेको हो भने त्यस अघि अखण्ड सुदूरपश्चिमको माग गर्दै बन्द भएको थियो ।
आजबाट हिन्दूराष्ट्रको माग गर्दै बिभिन्न हिन्दूबादी संस्थाहरुले समेत बन्दको ऐक्यबद्धता जनाएका छन् । लगातारको बन्दको कारण सर्वसाधारणको दैनिकी भने निक्कै कष्टकर बनेको छ ।
उता, सुर्खेतमा मध्य पश्चिमाञ्चल विकास क्षेत्र अखण्ड हुनुपर्ने माग गर्दै सोमबार जिल्ला बन्दको आह्वान गरिएको छ ।
प्रमुख चार दलले गरेको प्रदेश सिमांकनबाट मध्य मध्यपश्चिम विभाजित हुने भन्दै नागरिक संघर्ष समितिले बन्दको आह्वान गरेको हो ।
बन्दको जिल्लाका सबै राजनीतिक दल, संघसंस्था तथा स्थानीयवासीले ऐक्यबद्धता जनाएका छन् । बन्दको कारण यातायात, कलकारखाना, बजार र शैक्षिकसंस्था ठप्प बनेका छन् ।
मध्यपश्चिमलाई अखण्ड भएको घोषणा नभएसम्म आन्दोलन नरोकिने उनीहरुले बताएका छन् ।
कर्णालीका पाँच जिल्लासहित भेरीका सुर्खेत, जाजरकोट र दैलेखलाई सुदूरपश्चिममा पारिएको भन्दै नागरिकहरु आन्दोलित भएका हुन् । इमेजखबरमा समाचार छ ।