अखण्ड मध्यपश्चिमको माग राख्दै सोमबार सुर्खेतमा भएको विरोध प्रदर्शनमा प्रहरीले गोली चलाउँदा ३ जनाको ज्यान गएको छ।
स्थानीय प्रशासनले टिकाराम गौतमको मात्र मृत्यु भएको पुष्टी गरेको छ।
प्रदर्शनकारीले प्रहरीको गोली लागि यमबहादुर बिसीको पनि मृत्यु भएको बताएका छन्।
बिसीको मृत्युको कुरा पारिवािरक स्रोतबाट सेतोपाटीले पुष्टि गरेको छ।
एक जना नाम खुल्न नसकेका ब्यक्तिको पनि मृत्यु भएको प्रदर्शनकारीले बताएका छन्। तर उनको मृत्युको अाधिकारिक पुष्टि हुन सकेको छैन्। यसैबीच हातमा गोली लागेर घाइते भएका अमित पन्तलाई उपचारका लागि काठमाडौं ल्याइएको छ।
यसभन्दा पहिले प्रकासित समाचार:
सुर्खेतलाई संघीय राजधानी बनाउन माग गर्दै सुरु भएको आन्दोलन हिंशात्मक भएको कारण एकजनाको ज्यान गएको छ।
आन्दोलन अनियन्त्रित भएपछि स्थानीय प्रशासनले आज साढे एक बजेदेखि जारी गरेको कर्फ्यू उल्लंघन गरेको भन्दै प्रहरीको गोली प्रहार गर्दा आन्दोलनकारीको मृत्यु भएको हो।
कर्फ्यू तोडी आन्दोलनमा उत्रिएकामाथि प्रहरीले गोली चलाउँदा मृत्यु भएको एसपी राजेशकुमार लाल कर्णले बताए। मृत्यु हुनेमा ४५ वर्षीय टिकाराम गौतम हुन्। उनको शव अहिले जिल्ला प्रहरी कार्यालय परिसरमा राखिएको छ।
भिड नियन्त्रण गर्न हवाइ फायर गरिँदा घटना भएको प्रमुख जिल्ला अधिकारी बलदेव गौतमले बताए। यद्यपी आन्दोलनकारीका अनुसार गोली लागि चारै जनाको अवस्था गम्भीर रहेको जनाएका छन्। कर्फयू राति ९ बजेसम्मको लागि लगाइएको उनले बताए।
सेतोपाटीमा समाचार छ ।
यसभन्दा पहिले प्रकासित समाचार:
संघीयताको सीमांकनप्रति असन्तुष्टि जनाउँदै सुर्खेतमा थालिएको आन्दोलन हिंसात्मक भएको छ।
सीमांकनप्रति विरोध जनाउँदै सुर्खेत बन्द गरी प्रदर्शनमा उत्रिएका आन्दोलनकारी र प्रहरीबीच ठाउँ-ठाउँमा झडप भएको छ। भीडले उग्र रूप लिएपछि प्रहरीले नियन्त्रणमा लिन २५ राउण्डभन्दा बढी हवाई फायर गरेको छ।
यसैबीच सुर्खेतका सिडिओ बलदेव गौतमले साढे १ बजेदेखि लागू हुने गरी सुर्खेत सदरमुकाम वीरेन्द्रनगरमा कर्फ्यु जारी गरेका छन्।
प्रर्दशनकारीले नेपाली कांग्रेसका सहमहामन्त्री पूर्णबहादुर खड्काको घरमा ढुंगामुढासमेत गरेका छन्। मध्यपश्चिमाञ्चलका तीन जिल्लालाई कर्णालीसँग मिसाइएको भन्दै सोमबार सुर्खेत जिल्ला बन्द आह्वान गरिएको हो।
६ प्रदेशको सीमांकनबाट मध्यपश्चिमाञ्चलका जिल्ला विभाजित भएको भन्दै नागरिक संघर्ष समितिको आह्वानमा बन्द गरिएको हो। कर्णालीका पाँच जिल्लासहित भेरीका सुर्खेत, जाजरकोट र दैलेखलाई सुदूरपश्चिमको क्षेत्रमा पारिएको भन्दै आन्दोलन घोषणा भएको हो।
बन्दमा जिल्लाका सबै राजनीतिक दल, संघसंस्था तथा स्थानीयले समर्थन गरेका छन्। बन्दका कारण यातायात, बजार र शिक्षणसंस्था ठप्प छन्। अखण्ड मध्यपश्चिम नभएसम्म आन्दोलन नरोकिने संघर्ष समितिले चेतावनी दिएको छ। सेतोपाटीमा समाचार छ ।