भूकम्पपछि महिला तथा बालबालिका बेचबिखनमा वृद्धि

भूकम्पपछि महिला तथा बालबालिका बेचबिखनमा वृद्धि भएको छ। 
 
पछिल्लो समय सिन्धुपाल्चोक जिल्लाका सात महिलालाई भारतबाट उद्धार गरी नेपाल फर्काइएको छ। 
 
भूकम्प प्रभावित जिल्लाको अध्ययन प्रतिवेदन, २०७२ अनुसार अतिप्रभावित जिल्लामा आफ्नै नातेदारबाट महिलालाई बेचबिखन गरिएको उल्लेख गरिएको छ। 
 
अन्तरपार्टी महिला सञ्जालका अनुसार जिल्लामा मानव बेचबिखन गर्ने दलालको सक्रियता बढेको छ। 
 
बेचबिखनमा परेका जिल्लामा थुपै्र महिलालाई यस अगाडि पनि विभिन्न स्थानबाट उद्धार गरिएको थियो। 
 
युवतीलाई भारतको नयाँदिल्ली हुँदै अत्यन्त जोखिमपूर्ण तेस्रो मुलुक लैजान लागिएको अवस्थामा प्रहरीले नियन्त्रणमा लिएको थियो। रासस