प्यूठानको खलंगा वस दुर्घटनामा मर्नेको संख्या १०, २४ जना घाइते

खलंगा । प्यूठान सदरमुकाम खलंगाबाट बाङ्गेफेदी जादै गरेको यात्रुवाहक वस प्यूठान नगरपालिका-३ खलंगा व्यारेक नजिकै दुर्घटना भएको छ । दुर्घटनामा १० जनाको मृत्यु भएको छ । २४ जना घाइते भएका छन् ।
६ जनाको घटना स्थलमै, ३ जनाको अस्पतालमा उपचारको क्रममा र १ जनाको उपचारका लागि भैरहवा लैजादै गर्दा बाटोमा मृत्यु भएको हो ।
घटना स्थलमै मृत्यु हुनेहरुमा प्यूठान नगरपालिका-१५ का ३२ वर्षिय माया के.सी., तोरवाङ-५ निवासी नरेन्द्र जि.सी., सवारी चालक तोरवाङ-६ का दानबहादुर पोख्रेल, निर्धन उत्थान बैंकमा कार्यरत दाङ गढवाकी सिता पण्डित रहेका छन् ।  तीन  जनाको सनाखत हुन नसकेको प्रहरीले जनाएको छ ।
यस्तै उपचारको क्रममा प्यूठान नगरपालिका-२ खलंगाका ३१ वर्षीय सन्देश सुनार, कपिलबस्तु सिरुगढि-४ का १७ वर्षीय लंकबहादुर राहु मगरको उपचारकोक्रमा स्वर्गद्धारी लाइफ केयर हस्पिटल बाग्दुलाले जनाएको छ । उपचारका लागि भैरहवा लैजादै गर्दा खैरा-६ का ५३ वर्षीय हस्तबहादुर बस्नेतको मृत्यु भएको जिल्ला प्रहरी प्रमुख डिएसपी तुलबहादुर कार्कीले बताए ।
दुर्घटनामा घाइते १२ जनाको जिल्ला अस्पताल विजुवारमा उपचार भैरहेको छ । गम्भीर घाइते ११ जनालाई भैरहवा रिफर गरिएको छ । २ जनाको  स्वर्गद्वारी लाईफ केयर हस्पिटल बाग्दुलामा उपचार भइरहेको छ ।
स्वर्गद्वारी सार्बजनिक यातायात व्यबसायि समितिको ना ३ ख ८३८३ नम्बरको बस मोटरसाइकललाई साइड दिने क्रममा सडकबाट करिव दुई सय मिटर तल खसेको छ । घाइतेहरुको नेपाली सेना, नेपाल प्रहरी र स्थानीय समुदायले उद्धार गरेका थिए । दुई पहाड विचको खोचमा बस खसेकाले उद्धारमा समस्या भएको थियो । घटना स्थलमा नेपाल रेडक्रस सोसाइटी प्यूठानले प्राथमिक उपचारको काम गरेको थियो ।
मृत्यु भएकाहरु सबैको सव जिल्ला अस्पताल बिजुवारमा ल्याइएको पहिचान भएकाहरुको पोष्टमाटमपछि  आफन्तलाई बुझाइने प्रहरी प्रमुख कार्कीले बताए ।
 दुर्घटनामा घाइते ११ को रिफर गरिएको जिल्ला अस्पताल विजुवारले जनाएको छ । रिफर हुनेहरुमा कोहलपुरका ३१ वर्षीय चित्रबहादुर ओली, खैराका ५३ वर्षीय नारायण केसी, दाङ लमहीका ६० वर्षीय हरिबहादुर श्रेष्ठ, प्यूठान नगरपालिका ३ का सञ्जय गिरी, प्यूठान नगरपालिका २ का रावल घर्ति, नेपाली सेनामा कार्यरत स्याङ्जाका २३ वर्षीय लोकराज राना र प्यूठान नगरपालिका ९ का ३२ वर्षीय मञ्जु धिताल, बाादिकोट-१ का ५२ वर्षीय पितबहादुर एम.सी., मन्ठाना-३ का २८ वर्षिय सावित्रा के.सी., विजुली-५ उदिकका ५६ वर्षीय केष्णमाया थापा, तोरवाङ-८ का २० वर्षिय रवि विष्ट, खवाङ-२ का २३ वर्षीय राउल घर्ति रहेका छन् । ईकन्तिपुरमा समाचार छ ।


यस आघिको समाचार: 
प्युठानमा  बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ । दुर्घटनामा २४ जना घाइते भएका छन् ।
सदरमुकाम खलंगाबाट बांगेमरोटको सौतामारे जाँदै गरेको स्वर्गद्वारी यातायात व्यवसायी समितिको ना ३ ख ८३८३ नम्बरको  बस सारीबाङको घुम्तीबाट खोचमा खस्दा ४ पुरुष र २ महिलाको मृत्यु भएको हो ।
दुर्घटनामा प्युठान नगरपालिका १४ की मायाँ केसी, तोरवाङ गाविसका नरेन्द्र जिसी र प्यूठान नगरपालिका लामभेलाका जुनु विकको मृत्यु भएको प्युठानका प्रहरी प्रमुख डिएसपी तुलबहादुर कार्कीले जानकारी दिए । छ । उनीहरुको शव आफन्तले पहिचान गरेपनि अन्यको परिचय खुल्न नसकेको उनले बताए ।
प्रहरीका अनुसार ५ जनाको घटनास्थलमै र एक जनाको अस्पताल लैजादै गर्दा मृत्यु भएको हो ।
बस घुम्तीबाट २ सय मिटर तल खोंचमा खसेको छ । बस दुर्घटनाको कारण भने अझै खुल्न सकेको छैन । घाइतेहरुलाई नेपाली सेना, नेपाल प्रहरी र स्थानीयले उद्धार गरी जिल्ला अस्पताल बिजुवार पुर्‍याएका छन् । नेपाली  अन्लाईन संचारमाध्यममा समाचार छ ।