काठमाडौंमा भूकम्पको धक्का महशुस, केन्द्रविन्दु कालिमाटी आसपास

काठमाडौं, श्रावण २६ । मंगलबार विहान करिब १०ः४२ मा काठमाडौंमा भूकम्पको धक्का महशुस भएको छ । भूकम्पका कारण राजधानीबासी आत्तिएर बाहिर निस्किएका थिए ।
काठमाडौंको कालिमाटी आसपास केन्द्रविन्दु भएर ४ दशमलव ३ रेक्टर स्केलको भूकम्पको धक्का महसुस भएको हो ।
यसअघि सिन्धुपाल्चोक केन्द्रबिन्दू भएर शनिबार बिहान भूकम्पको एउटा पराकम्पन आएको थियो ।
शनिबार बिहान ६ बजेर २४ मिनेट जाँदा सिन्धुपाल्चोक केन्द्र बनाएर ४ म्याग्निच्यूडको पराकम्पन आएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।
त्यस्तै यसअघि, शुक्रबार दिउँसो ११ बजेर ५७ मिनेट जाँदा काभ्रेपलान्चोक केन्द्रबिन्दू भएर ४ दशमलव ४ म्याग्निच्यूडको पराकम्पन आएको थियो । इमेजखबरमा समाचार छ ।