दोलखामा पहिरोले एक घर बगाउँदा एक बालकको मृत्यु, फेरि सिद्धबाबामा पहिरो जाँदा बुटवल-पाल्पा सडकखण्ड अबरुद्ध

दोलखा/पाल्पा । दोलखाको डाँडाखर्क गाविस-८ जोगिगाउँमा पहिरोले एक घर बगाउँदा एक बालकको मृत्यु भएको छ ।
घरमाथिबाट आएको पहिरोले बगाउँदा १४ वर्षीय राजु गिरीको मृत्यु भएको हो । पहिरोमा परी उनकी आमा लिलाकुमारी गिरी गम्भीर घाइते भएकी छन् ।
भारी बर्षासँगै गएराति १० बजे गएको पहिरोले अन्य तीन घर पनि बगाएको छ । घरमा रहेकाहरुले भागेर ज्यान जोगाएका थिए । पहिरोले बगाउँदा दर्जनौं घरपालुवा पशुसमेत मरेका छन् । यहाँका अझै ९ घर पहिरोको उच्च जोखिममा रहेका छन् ।
सोमबार रातिकै बर्षाले बाढी आउँदा दोलखाको चर्नावति खोलाको अस्थायी पुल समेत बगाएको छ । उता पाल्पाको दोभानस्थित सिद्धबाबामा पहिरो जाँदा बुटवल-पाल्पा सडकखण्ड अबरुद्ध बनेको छ । सोमबार राति गएको पहिरोका कारण बुटवल-पाल्पा सडकखण्ड अबरुद्ध भएको हो ।
गत शनिबार पहिरोले माइक्रो बस बगाएकै स्थानमा फेरि पहिरो गएको हो । पहिरोसँगै ठूला