प्रमुख चार शीर्ष नेताहरुद्धारा संयम धारण गर्दै आन्दोलन रोक्न सार्वजनिक रुपमा अपील

काठमाडौं । प्रमुख चार दलका शीर्ष नेताहरुले संघीयताको सीमांकनबारे भइरहेको विरोधप्रति चिन्ता प्रकट गर्दै संयम धारण गर्न सार्वजनिक रुपमा अपील गरेका छन् ।
प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति सुशील कोइराला, नेकपा एमालेका अध्यक्ष केपी ओली, एनेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल र मधेसी जनअधिकार फोरम (लोकतान्त्रिक) का अध्यक्ष विजयकुमार गच्छदारले मंगलबार संयुक्त विज्ञप्ति जारी गर्दै यस्तो अपील गरेका हुन् ।