सभासदहरूद्धारा सीमांकनसहित ६ प्रदेशको संघीयतासहित संविधानको मस्यौदा परिमार्जनको प्रस्तावको आलोचनात्मक समर्थन

काठमाडौं, श्रावण २६ – सभासदहरूले सीमांकनसहित ६ प्रदेशको संघीयतासहित संविधानको मस्यौदा परिमार्जनको प्रस्तावको आलोचनात्मक समर्थन गरेका छन् । ईकन्तिपुरमा समाचार छ । 
जनताको सुझावका आधारमा संविधानको प्रारम्भिक मस्यौदा परिमार्जनको प्रस्तावसहित संवैधानिक राजनीतिक संवाद तथा सहमति समितिको प्रतिवेदनमाथि मंगलबार सुरु सैद्धान्तिक छलफलमा भाग लिने अधिकांश सभासदहरूले संघीयताको प्रस्तावित खाकाप्रति आलोचनात्मक समर्थन गरेका हुन् । १६ बुँदे राजनीतिक सहमतिका आधारमा संविधानका अन्तरवस्तुमा रहेका विवाद समाधानको प्रक्रियादेखि नै असन्तुष्ट राप्रपा नेपाल र मधेसकेन्द्रित चार साना दलले भने संविधानसभाको मंगलबारको दोस्रो बैठक बहिष्कार गरे ।
संविधानसभाको मंगलबारको पहिलो बैठक राष्ट्रियसभाका पूर्वसांसद राजेश्वर देवकोटाप्रति श्रद्धाञ्जलि अर्पण गर्दै शोक प्रस्ताव पारित गरेको थियो । संवाद समितिको प्रतिवेदनमाथिको सैद्धान्तिक छलफलको कार्यसूचीमा बसेको दोस्रो बैठकको सुरुमै समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादवले बोल्न समय माग गरेका थिए ।
पहिचान र सामथ्र्यको सिद्धान्तविपरीत ६ प्रदेश निर्माणको प्रस्ताव गरिएको, थारू र मगर बहुल क्षेत्रलाई छिन्नभिन्न पारिएको, मधेसलाई सामथ्र्यविहीन बनाउन खोजिएको आरोप लगाउँदै समाजवादी फोरमका अध्यक्ष यादवले चार दलका नेताहरू आ