काठमाडौँ । एमाले अध्यक्ष ओलीले २ हप्ता भित्र नयाँ संविधान आउने खुसाला गर्नुभएको छ ।
बुधबार प्रज्ञाभवन कमलादीमा उद्योगमन्त्री महेश बस्नेतद्वारा लिखित म महेश संस्मरण पुस्तकको विमोचन गदैँ उहाँले यस्तो खुलासा गर्नुभएको हो ।
हामी ऐतिहासिक मोडमा उभिएका छौँ । लगभग दुई हप्ता भित्र संविधान आउछ । यो आवेग र उत्तेजनामा आउनेबेला यो होइन । आवश्यकता, न्याय र तर्कको आधारमा सिमाङ्कन संशोधन हुन्छ- अध्यक्ष ओलीले भन्नुभयो ।
उहाँले नेपालमा विभिन्न भाषाभाषी, जातजाति, धार्मिक सम्प्रदायको बाहुल्यता भएको मुलुक भएकाले सबैको चित्त बुझाउन नसकिने भनाई राख्नु भयो ।
उद्योगमन्त्री महेश बस्नेतद्वारा लिखित