जुम्ला । विशेष अधिकारसहितको स्वायत्त कर्णालीको माग गर्दै जुम्लामा नागरिकता परित्याग गर्न सर्वसाधारणबीच हस्ताक्षर संकलन अभियान थालिएको छ ।
कर्णालीलाई अझै पछाडि धकेल्ने प्रयासअन्तर्गत् संघीयतामा जान खोजिएको भन्दै त्यस क्षेत्रका बासिन्दा विरोधमा उत्रिएका हुन् । जुम्लामा २ हजार ६ सयले नागरिकता परित्याग गर्न हस्ताक्षर गरेको जनाइएको छ ।
यसैबीच, विशेष अधिकारसहितको स्वायत्त कर्णाली प्रदेशको माग राखेर विहीबार दिनभर जुम्ला सदरमुकाम खलंगामा प्रदर्शन भएको छ । इमेजखबरमा समाचार छ ।