राप्रपा नेपालका कार्यकर्ताहरुले निषेधित क्षेत्र तोड्न खोजेपछि काठमाडौंको नयाँ बानेश्वरमा झडप

काठमाडौं, श्रावण २९ । राप्रपा नेपालका कार्यकर्ताहरुले निषेधित क्षेत्र तोड्न खोजेपछि काठमाडौंको नयाँ बानेश्वरमा शुक्रबार दिउँसो झडप भएको छ । 
नेपाललाई हिन्दूराष्ट्र कायम गर्नुपर्ने माग राखेर प्रदर्शनमा उत्रिएका राप्रपा नेपालका कार्यकर्ता र प्रहरीबीच झडप भएको हो  । प्रहरीसँगको झडपमा केही प्रदर्शनकारी घाइते भएका छन् ।
झडपका क्रममा आफ्ना दुई दर्जन प्रदर्शनकारी  घाइते भएको राप्रपा नेपालका सहप्रवक्ता मोहन श्रेष्ठले जनाएका छन्  । प्रहरीले प्रदर्शनकारीमाथि लाठीचार्ज र १० राउन्ड अश्रुग्यास प्रहार गरेको श्रेष्ठको भनाइ छ  । इमेजखबरमा समाचार छ ।