राजविराज – नेपाल सद्भावना पार्टी र संघीय सद्भावना पार्टीले आजदेखि आह्वान गरेको तीन दिने मधेस आमहड्तालको पहिलो दिन आज शनिबार सप्तरीको जनजीवन प्रभावित भएको छ । बन्दका कारण सप्तरीस्थित पूर्व-पश्चिम सडक खण्डमा सवारीसाधान चल्न सकेको छैनन् ।
यस्तै सदरमुकाम राजविराजबाट सञ्चालन हुने लामो तथा छोटो दुरीका कुनै पनि सवारीसाधन चलेनन् । छिटफुट रुपमा मोटरसाईकल चलिरहेको छ । बन्दकै कारण सदरमुकाम राजविराज, भारदह, कञ्चनपुर, रुपनी, कल्याणपुरसहितका बजार