नामाङ्कन र सिमाङ्कन नगरी ४ दलले ल्याएको संविधान कुनै पनि हालतमा मान्य नहुने भन्दै सडक आन्दोलनमा उत्रिएको संघीय लिम्बुवान पार्टीको बन्दका कारण पूर्वको जनजिवन अस्तव्यस्त बनेको छ।
लिम्बुवानको बन्दका कारण चकमन्न रहेको झापाको दुधेस्थित पूर्वपश्चिम सडक। फोटो बिनोद
लगातारको बन्दले पूर्वका झापा, मोरङ ,सुनसरी ,ताप्लेजुङ, पाँचथर, इलाम, संखुवासभा, तेह्रथुम र धनकुटा जिल्लाको जनजीवन प्रभवित बनेको हो।
अरूणपूर्वका ९जिल्ला लिम्बुवान हुनुपर्ने अडान नछाडेको लिम्बुवानले चार दलले गरेको छ प्रदेशसहितको संविधानको खाकाप्रति गम्भीर असहमति जनाउँदै लिम्बुवान क्षेत्रमा बन्दको आव्हान गरेको हो।
बिहानैदेखि लामो तथा छोटो दुरीका सवारी साधन चल्न नसक्दा सर्वसाधरण मारमा परेका छन्। राजमार्गमा यातायातका साधन नचल्दा गन्तव्यका लागि हिडेका यात्रु विचैमा अलपत्र परेका छन्।
बन्दले बजार पसल, उद्योगधन्दा, कलकारखाना पनि ठप्प रहे। बन्दका कारण झापामा राजमार्ग आसपासका सामुदायीक तथा संस्थागत बिद्यालय पनि बन्द रहे। गाउँक्षेत्रका बिद्यालयलाई भने बन्दले कुनै असर नगरेको स्थानीय अभिभावकले जनाएका छन्।
लिम्बुवान पार्टीले अरुणपूर्वका नौ जिल्लालाई मात्र समेटेर ऐतिहासिक पृष्ठभूमिका आधारमा पहिचान र विशेष अधिकारसहितको लिम्बुवान प्रदेश बनाउनपर्ने भन्दै आमहड्ताल गरेको सो पार्टीका केन्द्रिय उपाध्यक्ष ज्ञानुहाङ्ग ईम्वुङ्गले बताए। सेतोपाटीसँग कुरा गर्दे ईम्बुङ्गले चार दलले गरेको पछिल्लो सहमतिमा मेची कोशीका अरुणपूर्व नौ जिल्लाबाहेक सगरमाथा अञ्चलका थप पाँचसमेत १४ जिल्ला रहेको प्रदेश आफुहरुलाई मान्य नहुने बताए। सेतोपाटीमा समाचार छ ।