कर्णाली आन्दोलनको नवौं दिन जुम्लामा कर्फ्यू, प्रहरीद्धारा लठिचार्ज ३ राउण्ड हवाइ फायर

कर्णालीलाई संघिय संरचनामा सुदुरपश्चिम सँग गाभेको र विशेष अधिकार सहितको कर्णाली प्रदेशको माग गर्दै जुम्लामा सुरु भएको कर्णाली आन्दोलनको नवौं दिन जुम्लामा कर्फ्र्यू लागेको छ ।
पुरानो बसपार्कमा नारा जुलुर गर्दै टायर जलाएर कफ्र्यूको अवेज्ञा गरेका छन् । पुरानो बसर्पामा टायर बालेर कर्फ्यूको अवज्ञा गर्दा प्रहरीले लठिचार्ज गर्‍यो । प्रहरीको लाठिचार्जबाट ६ जना घाइते भएका छन् । 
घाइते हुनेहरुमा नेकपा एमालेका पूर्व सचिव रतननाथ योगि, विष्णु महत गौरव, धर्मेद्र रोकाया, हरी डागि, नृपेन्द्र महत, र तेज शाही छन् । भने योगिको मोवाइल प्रहरीले खोसेको छ ।  प्रहरीले ३ राउण्ड हवाइ फायर समेत गरेको छ । आन्दोलनकारीहरु नारा जुलुस गर्दै खलंगा बजारमा आउने प्रयास गरिरहेका छन् ।
जुम्लामा लागेको अनिश्चितकालिन कफ्र्यूको अवज्ञा गर्दै गाउँ गाउँबाट खलंगा तर्फ मानिसहरु आइरहेका छन् । हिजो खलंगा बजारमा शान्तिपूर्ण आन्दोलन गरिरहेका बेला प्रहरीले ताकि ताकि गोलि हानेको भन्दै उनिहरु सडकमा उत्रिएका छन् । ईकन्तिपुरमा समाचार छ ।