सद्भावना पार्टीले संविधानसभा छोड्यो, सामूहिक राजीनामा

सदभावना पार्टीको केन्द्रीय कार्यसमितिको निर्णय बमोजिम सद्भावना पार्टीले संविधानसभाबाट राजीनामा दिएको छ।
पार्टीले मंगलबार राजधानीमा पत्रकार सम्मेलन गर्दै संविधानसभाबाट सामूहिक राजीनामा दिएको हो। 
पार्टी केन्द्रीय समितिको मंगलबार बसेको बैठकले संविधानसभामा बस्न औचित्यहीन भइसकेकेा भन्दै आफ्ना सभासदको सामूहिक राजीनामा दिने निर्णय गरेको पार्टी अध्यक्ष राजेन्द्र महतोले पत्रकार सम्मेलन गरी जानकारी दिएका छन् । संविधानसभामा उक्त पार्टीबाट लक्ष्मण लाल कर्ण, सञ्जय साह, नरसिंह चौधरी, माधवी रानी साह, शैलदेवी महतो,विमल केडिया सहित ६ जना  सभासद छन् । त्यसमध्ये एकजना सञ्जय साह निलम्बित छन् ।
पार्टीले आफ्नो केन्द्रीय कार्यसमितिको निर्णय बमोजिम हाम्रो लागि संविधानसभामा बस्न औचित्यहिन भइसकेकोले आज यसै समयदेखि सदभावना पार्टी संसदिय दलले संविधानसभाबाट सामूहिक राजीनामा दिने घोषणा गर्दछ, पार्टीद्वारा जारी विज्ञप्तिमा भनिएको छ। सेतोपाटीमा समाचार छ । 

प्रेस