आफू मुख्यमन्त्री बन्ने जस्तो संकुचित र क्षेत्रीय सोच राख्नाले संघीयतामा बखेडा उत्पन्न भैरहेको सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितको तर्क
भाद्र २ गते, २०७२ मा प्रकाशित
काठमाडौं । सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले संविधान निर्माणको विषयमा नेताहरुले राष्ट्रिय सोच राख्नुपर्नेमा जोड दिएका छन् ।
बुधबार राजधानीमा आज आयोजित एक कार्यक्रममा उनले राष्ट्रिय पार्टीकै नेताहरुले आफू मुख्यमन्त्री बन्ने जस्तो संकुचित र क्षेत्रीय सोच राख्नाले संघीयतामा बखेडा उत्पन्न भैरहेको तर्क गरे ।
कार्यक्रममा एमाओवादी नेता वर्षमान पुनले सरकारको आयु लम्ब्याउन चाहने तर संविधान बनाउन नचाहनेहरुले संघीयताको नाममा जनता भिडाएको आरोप लगाए । कर्णाली, थारुवान र मगरात क्षेत्रको समस्यालाई सरकारले सम्बोधन गर्नुपर्नेमा उनले जोड दिए ।
सद्भावना पार्टीका नेता अनिलकुमार झाले संघीयतामा जाने हो भने अधिकार पनि त्यसैअनुरुपको हुनुपर्ने बताए । इमेजखबरमा समाचार छ ।
—————————–
प्रमुख दलका नेताहरुले जनताका मागलाई सम्बोधन गरेर मात्रै संविधान बनाउने तयारीमा लागिरहेको बताएका छन्।
रिपोर्टर्स क्लबले बुधबार आयोजना गरेको अन्तरक्रियामा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले प्रदेशका सन्दर्भमा अहिले भइरहेको आन्दोलनमा सरकारले अत्यधिक बल प्रयोग गर्न नहुने विचार व्यक्त गर्दै अनाहकमा कसैको ज्यान जान नहुने बताए,