काभ्रे । काभ्रेको टुकुचा नाला गाविस-८ कपुंगालमा अस्थायी बसोबासका लागि तयार पारिएको जस्ताको टहराले थिचेर दुई जनाको मृत्यु भएको छ । घटनामा अन्य दुईजना घाइते भएका छन् ।
अस्थायी बसोबासका लागि तयार पारिएको जस्ताको टहरो गएराति परेको भीषण वर्षापछि भत्किँदा घरधनी लक्ष्मण केसी र उनकी श्रीमती गिताको मृत्यु भएको हो । घटनामा केसीका छोरा विजय र भान्जा दिनेश कार्की घाइते भएका छन् ।
घाइतेहरुको बनेपाको शीर मेमोरियल अस्पतालमा उपचार भइरहेको छ । इमेजखबरमा समाचार छ ।