भैरहवा । लगातारको बन्दका कारण जनजीवन प्रभावित हुँदै हिंसात्मक घटनामा बृद्धि भएपछि भैरहवाका स्थानीयले शुक्रबार सद्भाव र्याली निकालेका छन् ।
संयुक्त मधेसी मोर्चा र थरुहट संघर्ष समितिले आह्वान गरेको बन्दका कारण तनाव बढेको भन्दै रुपन्देहीको भैरहवामा सद्भाव कायम गर्न नागरिक अगुवाहरुको अगुवाईमा सद्भाव र्याली निकालिएको हो ।
बुद्ध चोकबाट निकालिएको र्याली नारायणस्थान, मिलनचोक, देवकोटा चोक, नयाँ सडक, बर्मेली टोल हुँदै पुनः बुद्ध चोकमै पुगेर समापन भएको थियो । सद्भाव र्यालीमा हजारौं सहभागी थिए ।
सद्भाव र्यालीपछि भैरहवाको जनजीवन सामान्य बनेको छ । इमेजखबरमा समाचार छ ।