भैरहवा । रुपन्देहीको भैरहवामा स्थानीय प्रशासनले निषेधाज्ञा जारी गरेको छ ।
बन्दको क्रममा सम्भावित झडपलाई मध्यनजर गर्दै शनिबार दिउँसो १२ बजेदेखि ५ दिनका लागि प्रशासनले निषेधाज्ञा जारी गरेको हो ।
निषेधाज्ञामा सभा, सम्मेलन, प्रदर्शन र बजारमा ५ जनाभन्दा बढी भेला हुन रोक लगाइएको छ ।
बन्दका कारण शनिबार पनि जिल्लामा यातायात र बजार ठप्प रहेका छन् । भैरहवामा प्रदर्शनकारी र बन्द विरोधीबीच पटक – पटक झडप हुँदै आएको छ । इमेजखबरमा समाचार छ ।