जनकपुर । लगातार ९ दिनदेखिको बन्दका कारण मध्य पूर्वी तराईका ८ जिल्लाको जनजीवन प्रभावित बनेको छ ।
संघीय समाजवादी फोरम, सद्भावनालगायत पार्टीआबद्ध मोर्चाले गरेको बन्दले सिरहा, सप्तरी, धनुषा, महोत्तरी, सर्लाही, बारा, पर्सा र रौतहटको जनजीवन प्रभावित बनेको हो ।
बन्दले यी जिल्लामा ९ दिनयता यातायात, विद्यालय र बजार सन्चालनमा आउने सकेका छैनन् । जिल्ला बाहिरने यातायातका साधन भने प्रहरीले साँझ ५ बजेपछि स्कर्टिङ गरेर सन्चालन गरिरहेको छ ।
प्रदेशको सीमांकनमा लचक हुनुपर्ने, पहिचानसहितको संघीयता जारी गर्नुपर्नेलगायत माग आन्दोलनकारीको छ । विभिन्न दल र संगठनले गरेको बन्दले तराईका सर्वसाधारणको दैनिकी भने कस्टकर बन्दै गएको छ । इमेजखबरमा समाचार छ ।