बुटवल ठप्प, ४ किलोमिटरदुरुको ३ सय भाडा लिए हेर्नुस फोटो फिचर

कृष्ण खनाल
बुटवल, ६ भदौ ।  आदीवासी जनजातीको नेपाल बन्दको प्रभाव बुटवल र यस आस पासका क्षेत्रमा पुर्णरुपमा परेको छ ।  
 


 


बन्द आयोजकहरुको संख्या बाक्लो नदेखिएपनि प्रभाव पुर्णरुपमा परेको हो । यस क्षेत्रका सम्पूर्ण उद्योग कलकारखाना, तथा शैक्षिक संस्था पूर्णरुपमा ठप्प छन् ।
 


 


बन्दको मौका छोपेर बुटवलका रिक्सा व्यवसायीहरुले कालोबजारी गरेको फेला परेको छ । बुटवलको गोलपार्क देखि राजमार्ग चौराह सम्म जम्म ४ किलोमिटर दुर छ । जसको भाडा रिक्सा व्यसायी संघले तोकेको ८५ रुपैयाँ हो । तर एक रिक्सा चालकले स्थानिय यात्रुबाट ३ सय रुपैया भाडा लिएको खुलेको छ । यात्रु गुल्मी मभुङका रुद्र लम्सालबाट ३ सय रुपैया भाडा असुलेका थिए । 
 

नेपाल बन्दको प्रभाव काठमाडौंमा शून्य, जनजीवन सामान्य 
नेपाल आदिवासी जनजाति महासङ्घले आह्वान गरेको आजको नेपाल बन्दको प्रभाव काठमाडौंमा शून्यप्राय छ। प्रहरीले बन्द गराउँदै हिँडेका महासङ्घका १८ कार्यकर्तालाई पक्राउ गरेको छ।
बालाजु, चाबहिल, ताल्सिखेल र ललितपुरबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ । पहिचानका आधारमा प्रदेशको सीमाङ्कन गर्नुपर्ने, आदिवासी जनजाति आयोग गठन गर्नुपर्ने लगायत माग राखी बन्द आह्वान गरिएको भएपनि काठमाडौँ उपत्यकाको जनजीवन सामान्य प्रभावित छ। अधिकांश सवारी साधन सडकमा गुडिरहेका छन्।
यद्यपी उपत्यकाबाट लामो दूरीका लागि छुट्ने भाडाका सवारीसाधन तथा निजी साधन कुनै पनि सञ्चालन हुन सकेको छैन।
महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार विभिन्न नाका भएर उपत्यकाका भित्रने सवारीसाधनमा समेत कमी आएको छ। काठमाडौँ आउनका लागि विभिन्न जिल्लाबाट अघिल्लो दिन छुटेका भाडा तथा निजी सवारीसाधन गरी करिब दुई सय गाडी अहिलेसम्म उपत्यकामा भित्रेका छन् । सेतोपाटीमा समाचार छ ।