संघीयताको सिमांकनका विषयलाई लिएर देशका बिभिन्न जिल्लामा विरोध प्रदर्शन जारी, रुकुमको आन्दोलन १६ औं दिनमा प्रवेश

काठमाडौं  । संघीयताको सिमांकनका विषयलाई लिएर सोमबार पनि बिहानैदेखि देशका बिभिन्न जिल्लामा विरोध प्रदर्शन जारी छ ।
सात प्रदेशको संघीय संरचनामा पनि रुकुमलाई विभाजित गरेको भन्दै रुकुमेलीले फेरि आन्दोलन चर्काएका छन् ।
रुकुमको आन्दोलन सोमबार १६ औं दिनमा प्रवेश गरेको छ । स्थानीय वासिन्दा गाउँ-गाउँबाट सदरमुकाममा भेला भएर बिहानैदेखि प्रदर्शन सुरु गरेका छन् ।
एकीकृत रुकुम संघर्ष समितिले सिंगो रुकुमलाई ५ नम्बर प्रदेशमा राख्न संविधानसभालाई २४ घण्टे अल्टिमेटमसमेत दिएको छ । स्थानीय प्रशासनले रुकुम जिल्ला प्रशासन कार्यालय वरिपरिको क्षेत्रमा जारी गरेको निषेधाज्ञा आज पनि कायमै छ ।
उता, बिभिन्न पक्षको लगातारको बन्दका कारण कैलाली-कञ्चनपुरको जनजीवन अत्यन्त कष्टप्रद बनेको छ । बन्दमा यातायातका साधन नचल्दा सबैभन्दा बढी मार बिरामीले खेप्नुपरेको छ ।
सुदूरपश्चिमका पहाडी जिल्लाबाट उपचारका लागि धनगढी, नेपालगञ्ज र भारतका बिभिन्न ठाउँमा जानुपर्ने गम्भीर बिरामीसमेत अलपत्र परेका छन् ।
यी जिल्लामा शैक्षिकसंस्था, बजार र कलकारखाना भने सञ्चालनमा आइसकेका छन् । कैलाली