मधेशी मोर्चाले आह्वान गरेको बन्दको कारण तराईंका बिभिन्न जिल्लाको जनजीवन अत्यन्तै कष्टकर

संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाले आह्वान गरेको बन्दको कारण आज १० औं दिन पनि तराईंका बिभिन्न जिल्लाको जनजीवन अत्यन्तै कष्टकर बनेको छ ।
लगातार १० दिनसम्मको बन्दका कारण धनुषा, महोत्तरी, बारा, पर्सा, सिरहा, सप्तरी, रौतहट, सर्लाही लगायत जिल्लामा बजार, यातायात, कलकारखाना र शैक्षिकसंस्था बन्द हुंदा सर्वसाधारणको दैनिकी अत्यन्तै कष्टकर बनेको हो ।
यसैबीच प्रहरीले एस्कर्टिङ गरेर बर्दिबासबाट पूर्वतर्फ लैंजादै गरेको यात्रु बसमाथि धनुषाको ढल्केबरमा मंगबार बिहान आक्रमण भएको छ ।
आक्रमणकारीले एक दर्जनभन्दा बढी बसमा ढुंगा प्रहार गरेका छन् । सो क्रममा सिसा र ढुंगा लागेर बसमा सवार केही यात्रु घाइते भएका छन् ।
उता, जलेश्वर नगरपालिका क्षेत्रको दुईवटा सशस्त्र प्रहरी चेकजाँच पोष्टमा संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाका कार्यकर्ताले तोडफोड र आगजनी गरेका छन् ।
 थप कुनै किसिमको अप्रिय घटना हुन नदिन यस क्षेत्रमा ब्यापक सशस्त्र प्रहरी परीचालन गरिएको छ ।
सोमबार राती ११ बजे मोर्चाका कार्यकर्ताहरुले जलेश्वर नगरपालिका-५ स्थित शिक्षा कार्यालय चोक र जलेश्वर नगरपालिका