टीकापुर हिंसा: सात सुरक्षाकर्मी र एक जना बालकको ज्यान जाने गरी भएको घटनाका चार आरोपी पक्राउ

सात सुरक्षाकर्मी र एक जना बालकको ज्यान जाने गरी भएको कैलाली घटनाका चार आरोपीलाई प्रहरीले पक्राउ गरेको छ। 
kailali 3
सुदूर पश्चिम क्षेत्रीय प्रहरी कार्यालयका डिआइजी रामकुमार खनालले ४ जना पक्राउको पुष्टि गर्दै उनीहरुमाथि छानवीन भइरहेको बताए।
कैलाली घटनाका चार अरोपी पक्राउ (फाेटाेसहित)
पक्राउ गरी उनीहरुलाई अनुसन्धान गरिरहेका छौं, डिआइजी खनालले नागरिकन्युजसँगभने, दोषी पाइए कर्तव्य ज्यान मुद्दा चलाइनेछ। पक्राउ परेका व्यक्तिहरुको नाम प्रहरीले सार्वजनिक गरेको छैन।
kailali 4
सोमबार कैलालीको टीकापुरमा अान्दोलनकारीले ७ सुरक्षाकर्मी र १ बालकको अमानवीय ढंगले हत्या गरेका थिए। नागरिकन्युजमा समाचार छ । 

कैलालीका प्रमुख जिल्ला अधिकारीको रूपमा मध्यमाञ्चल क्षेत्रीय कार्यालयका प्रमुखलाई पठाउने 
गृहमन्त्रालयले कैलालीका प्रमुख जिल्ला अधिकारीको रूपमा मध्यमाञ्चल क्षेत्रीय कार्यालयका प्रमुख मोहन चापागाँईलाई पठाउने निर्णय गरेको छ। 
 
कैलालीका प्रमुख जिल्ला अधिकारी राजकुमार श्रेष्ठले सोमबार टिकापुरमा भएको घटनाबारे अपुष्ट समाचार र सूचना सार्वजनिक गरेको भन्दै उनको ठाउँमा चापागाँईलाई पठाइने गृहप्रवक्ता लक्ष्मी ढकालले  बताए। 
 
प्रजिअ श्रेष्ठलाई आजै फिर्ता बोलाइएको छ। सेतोपाटीमा समाचार छ ।