काठमाडौं । सरकारले कैलालीको टीकापुर घटनाको छानबिन गर्न पाँच सदस्यीय उच्चस्तरीय छानबिन समिति गठन गरेको छ ।
मंगलबार साँझ बसेको मन्त्रिपरिषद बैठकले राष्ट्रिय अनुसन्धान विभागका पूर्वप्रमुख देवीराम शर्माको अध्यक्षतामा समिति गठन गरेको हो ।
समितिमा नेपाल प्रहरीका एआइजीद्धय जीवन थापा र प्रताप थापा, राष्ट्रिय अनुसन्धानका गणेश अधिकारी र गृहमन्त्रालयका सहसचिव विनोद केसी सदस्य रहेका छन् ।
यस्तै, मन्त्रिपरिषद बैठकले कैलालीको टीकापुरमा मारिएका प्रहरीहरुको बलिदानको उच्च मूल्यांकन गर्दै मरणोपरान्त एक तह बढुवा गर्ने निर्णय पनि गरेको छ ।
बैठकले टीकापुर घटनालाई अमानवीय ठहर गर्दै त्यस्ता घटना सरकारलाई कुनै हालतमा सह्य नहुने र दोषीहरुलाई कानुनी कठघरामा ल्याउने निर्णय पनि गरेको छ । इमेजखबरमा समाचार छ ।