प्रहरी वरिष्ठ उपरीक्षक सहित ७ जना प्रहरीको हत्यामा संलग्न शंकास्पद १० जनालाई पक्राउ

कैलालीको मनुवा गाविस-६ सिमल चौराहमा सोमबार डिउटीमा खटिएका प्रहरी वरिष्ठ उपरीक्षक लक्ष्मण न्यौपानेसहित ७ जना प्रहरी कर्मचारीको हत्यामा संलग्न शंकास्पद १० जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्ने अभियुक्तहरुमा जोशिपुर-४ बस्ने ३५ बर्षीय सुन्दरलाल चौधरी, ५५ बर्षीय खड्का बहादुर चौधरी, मधेसी जनअधिकार लोकतान्त्रिक फोरमको क्षेत्रीय अध्यक्ष ४४ बर्षीय राम प्रसाद चौधरी, दरख-६ नारायणपुर बस्ने १७ बर्षीय राम जनम चौधरी, मनुवा-१ बस्ने २० बर्षीय राम कुमार खठरीया, २७ बर्षीय सन्दरलाल कठरिया, २० बर्षीय दिल बहादुर चौधरी, २४ बर्षीय राजकुमार कठरिया मनुवा-४ बस्ने २२ बर्षीय हरि नारायण चौधरी, भजनि-५ बस्ने ४१ बर्षीय प्रेम बहादुर चौधरी रहेका छन्।
प्रदर्शनका क्रममा सोमबार प्रहरी बरिष्ठ उपरीक्षक लक्ष्मण न्यौपाने, प्रहरी निरीक्षकद्वय बलराम बिष्ट र केशब बोहोरा, प्रहरी हवल्दार श्याम बहादुर खड्का र प्रहरी जवान लोकेन्द्र बहादुर चन्द तथा  सशस्त्र बरिष्ठ हवल्दार ललित सावद र सशस्त्र हवल्दार रामबिहारी थारुको हत्या गरिएको थियो।   सेतोपाटीमा समाचार छ ।