मलंगवा । संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाले सर्लाही सदरमुकाम मलंगवामा शुक्रबार बिरोधसभा गर्ने भएपछि नेपाल-भारत सीमा बन्द गरिएको छ ।
सुरक्षाको कारण देखाउँदै सीमा नाका बन्द गरिएको हो । भारतीय सुरक्षा बल एसएसबीले भारतीय भूमिबाट नेपाल आउँदै गरेका यात्रुलाई भारततर्फ नै फर्काएको छ ।
मोर्चाको विरोधसभामा घुसपैठ हुन सक्ने आशंका देखाउँदै सर्लाही सदरमुकाम मलंगवाको सुरक्षा ब्यवस्था कडा पारिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी नायव उपरीक्षक रमेश खड्काले जनाए ।
मोर्चाका कार्यकर्ता विरोधसभालाई सफल पार्न गाउँ गाउँबाट सदरमुकाम मलंगवा आइपुगेका छन् ।
विरोधसभालाई संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव, तराई मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुर र सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले सम्बोधन गर्ने कार्यक्रम छ । इमेजखबरमा समाचार छ ।