बन्द-हडताल खुकुलो बनाउने निर्णय गरेपछि नेपालगन्ज र कोहलपुरमा लगाएको निषेधाज्ञा हट्यो

 जिल्ला प्रशासन कार्यालय बाँकेले  नेपालगन्ज र कोहलपुरमा लगाएको निषेधाज्ञा हटाएको छ।नेपालगन्जमा बिहान साढे ११ बजे देखि र कोहलपुर साँझ ७ बजेदेखि निषेधाज्ञा हटाइएको बाँकेका प्रमुख जिल्ला अधिकारी बेद प्रकाश लेखकले बताए।
दुई सातादेखि अनिश्चितकालिन बन्द र हडतालका कारण शान्ति सुरक्षाको अबस्था संबेदनशिल भए पछि गत साता स्थानीय प्रशासनले नारा, जुलुस तथा सभा सम्मेलन गर्न निषेध गरी नेपालगन्ज र कोहलपुरको शहरी क्षेत्रमा निषेधाज्ञा जारी गरेको थियो।
आन्दोलनरत थरुहट संघर्ष समिति र मधेसी मोर्चाले रक्षाबन्धनलाई सहज बनाउन बाँकेमा बन्द-हडताल खुकुलो बनाउने निर्णय गरेपछि प्रशासनले निषेधित क्षेत्र हटाएको हो।  रक्षा बन्धन लगायतका चाडपर्ब सहज रुपमा मनाउने बातावरण सृर्जना गर्नका लागि आन्दोलनकारी दलहरूले बन्द हडताललाई खुकुलो पारेपछि स्थानीय प्रशासनले पनि निषेधित क्षेत्र हटाएको हो।
बन्द