काठमाडौं । प्रधानमन्त्री सुशील कोइरालाले शान्ति, सद्भाव र मेलमिलापबाटै मुलुकमा देखिएका समस्याको समाधान खोज्न आफू तयार रहेको बताएका छन ।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा शनिबार ब्रह्मकुमारी राजयोगको रक्षा बन्धन ग्रहण गर्दै प्रधानमन्त्री कोइरालाले मुलुकले धेरै दुःख पाइसकेकाले अगाडीका घटनाबाट पाठ सिकेर अघि बढ्नुको विकल्प नभएको बताए ।
प्रधानमन्त्री कोइरालाले आन्दोलनरत असन्तुष्ट दललाई वार्तामा आउन आह्वान गरिएको र वार्ता र सद्भावबाटै समस्याको समाधान खोज्ने प्रतिबद्धता व्यक्त गरे ।
उनले मुलुकले धेरै हत्या, हिंसा र आन्दोलनको मुकाबिला गरी सकेकाले अबको आन्दोलन मुलुकलाई स्वीकार्य नहुने स्पष्ट पारे ।
आन्दोलनका उपलब्धि संस्थागत गर्ने अन्तिम अवसर आएकाले सबै मिलेर संविधान जारी गर्नुको विकल्प नभएको उनको भनाइ थियो । इमेजखबरमा समाचार छ ।