भक्तपुर विकास संघले गत वैशाखमा गएको भूकम्पका कारण भक्तपुरमा क्षतिग्रस्त संरचना पुनःनिर्माणका लागि आवश्यक सहयोग जुटाउन प्रयास थालेको छ ।
शनिबार राजधानीमा २४औं स्थापना दिवस मनाउन भएको कार्यक्रममा संघले भक्तपुरको पुनःनिर्माणका लागि अल्पकालीन र दीर्घकालीन योजनाहरु बनाएर सहयोग जुटाउन लागिपरेको जानकारी दिइएको हो ।
कार्यक्रममा भूकम्पबाट क्षतिग्रस्त भक्तपुरका प्राचीन सम्पदा र घरहरुको व्यवस्थित पुनःनिर्माणसम्बन्धी कार्यपत्र प्रस्तुत गरिएको थियो ।
कार्यक्रममा परम्परागत आयुर्वेदिक उपचार पद्धतिबाट स्वास्थ्य क्षेत्रमा पु