बाग्लुङ । संघीय प्रदेशको सीमांकनमा बाग्लुङ जिल्लालाई दुई भागमा विभाजन गरिएको विरोधमा आह्वान गरिएको बन्दका कारण यहाँको जनजीवन प्रभावित बनेको छ ।
कांग्रेस, एमाले, एकीकृत माओवादीलगायत जिल्लामा क्रियाशील विभिन्न संघ-संस्थाले संयुक्तरुपमा आह्वान गरेको बन्दको सातौ दिन शनिबार पनि बाग्लुङको जनजीवन प्रभावित भयो ।
जिल्लाको बुर्तिवाङ, गल्कोट, कुश्मीसेरा, हुग्दीशीर, बरेङ क्षेत्रका जनताको आन्दोलनमा उल्लेख्य सहभागिता छ ।
बन्दका कारण एटीएम सेवासमेत सन्चालन हुन सकेको छैन भने स्थानीयस्तरमा उत्पादित तरकारी बिक्री गर्न नपाउँदा किसानहरु चिन्तित बनेका छन् । इमेजखबरमा समाचार छ ।