कैलाली । सुरक्षा संवेदनशीलतालाई मध्यनजर गर्दै कैलालीको धनगढी नगरपालिकामा लगाइएको कर्फ्यु केही खुकुलो पारिएको छ ।
स्थानिय प्रशासनले सात दिन यता दैनिक दिउंसो ११ बजेदेखि सांझ ६ बजेसम्म लगाउंदै आएको कर्फ्यु आइतबाट एक घण्टा घटाएको हो ।
प्रशासनले धनगढी नगरपालिकामा आइतबार साढे ११ बजेदेखि साँझ साढे ५ बजेसम्मका लागि फेरी कर्फ्यु आदेश जारी गरेको छ ।
लगातारको कर्फ्युले कैलालीको जनजीवन सामान्य बन्न सकेको छैन । उता, दंगाग्रस्त क्षेत्र घोषणा गरिएका कैलालीका टीकापुर र भजनी त्रिशक्तिनगरपालिका सहित दुर्गौली, धनसिंहपुर, पथरैया, मुनुवा, जोशीपुर, नारायणपुर, बौनिया र थापापुर गाविसमा लगाइएको कफ्र्यूलाई स्थानीय प्रशासनले निरन्तरता दिएको छ ।
दंगाग्रस्त क्षेत्र घोषणा गरिएका सबै गाविसमा सेनाको उपस्थिति छ । सोमबारको हिंसापछि लगातार कर्फ्युका कारण दैनिक उपभोग्य बस्तुको अभाव भएपछि टीकापुरबासीको जनजीवन कष्टकर बन्न थालेको छ ।
लगातारको कफ्र्यु र बाक्लो संख्यामा सुरक्षाकर्मीको उपस्थितीको कारण गत मंगलबार यता कैलालीमा आन्दोलनकारीले प्रदर्शन गर्न सकेका छैनन् । इमेजखबरमा समाचार छ ।