प्रदेशको सीमांकन विरुद्धको बन्दले सिरहा पूर्ण रुपमा ठप्प, लहानबाट पाँच बन्दकर्तालाई पक्राउ

पसल र सरकारी कार्यालय तोडफोड गरेको आरोपमा प्रहरीले आइतबार सिरहाको लहानबाट पाँच बन्दकर्तालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेहरुमा कृष्णबहादुर यादव, जिवछ यादब, दिनेश महतो, रामउदगार यादव लगायतका छन्। कृष्णबहादुर मोर्चाका सिरहा संयोजक हुन्। नेपाल र सशस्त्र प्रहरीले पक्राउ परेकाहरूलाई निर्घात कुटपिट गरेको प्रत्यक्षदर्शीहरूले बताएका छन्।
भुसंरक्षण कार्यालय लहान र सोनी मेडिकल सेन्टरमा तोडफोड गरेपछि उनीहरूलाई पक्राउ गरेको ईलाका प्रहरी कार्यालय लहानका डिएसपी उमाप्रसाद चतुर्वेदीले बताए। पक्राउ परेकाहरुलाई अहिले ईलाका प्रहरी कार्यालय लहानको हिरासतमा राखिएको छ। उनीहरूमाथि मुद्दा चलाउने वा नचलाउने विषयमा अहिले केही भन्न नसकिने बताए।
चार प्रमुख दलले गरेको प्रदेशको सीमांकन विरुद्ध संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले अनिश्चितकालिन मधेस बन्दको आह्वान गरेको छ। बन्दको आज १५ औं दिन सिरहाको शैक्षिक संस्था, उद्योग, बजार, यातायात, सरकारी कार्यालयहरु पूर्ण रुपमा ठप्प छ। सेतोपाटीमा समाचार छ ।