कृष्ण खनाल
बुटवल । रुपन्देहीको गजेडी गाविस-८ गोफलापुरकी ३५ बर्षीय निलम बुढाथोकी लाई २०६२ त्यो कालो दिन अहिले पनि मानसपटलमा ताजै छ । केही दिनको लागि माईतीघर गएकी उनी जव कर्मघर भर्किन् त्यतिबेला संगैजिउने र संगैमर्ने कसम खाएर विवाह बन्धनमा बाँधीएका श्रीमान् अमर बुढाथोकी घरमा थिएनन् । घर परिवारलाई सोधिन्-खोई त नानीको बाउ परिवारबाट जवाफ आयो तै संग गएको होला नी कुन्न । उनी छक्क परिन् ।
तस्बिर: कृष्ण खनाल
एक्लै आफ्नो माईती घर गएको र घरमा आउँदा आफ्नै श्रीमान् नभएपछि एक पटक भक्कानीन् । उनी भन्छिन्- त्यो दिन आकास नै खसेर च्याप्पे जस्तो भयो । पछि थाहा भयो उनको श्रीमान्लाई तत्कालीन राज्य पक्षको नेपाली सेनाले विभिन्न आरोपलगाएर लगेको रहेछ । घर परिवारले पनि पिरमान्छे भनेर तत्कालन नभनेको रहेछ । उनका श्रीमान् वेपत्ता भएको करिव १२ बर्ष पुगेको छ । उनीलाई श्रीमान् वेपत्ता भएको पिडा एकातर्फ छ भने अर्को तर्फ तिनी श्रीमान्को नासो आर्थत बच्चा अहिले प्यारलाईसिसीले गाँजेको छ ।
द्वन्द्वको समयमा वेपत्ता पारिएका कायांै आफन्तहरुले राहत स्वरुप केही रकम र छोराछोरीहरुलाई शिक्षा दिक्षाको छात्रावृत्ती पाए । तर निलम बुढाथोकीले अहिले सम्म राहातको नाममा एक सुको पनि पाएकी छैनन् ।
अहिले प्यारालाईसिस (पक्षघात) कारण विरामी परेको १२ बर्षीय छोरा काखमा च्याप्दै न्यायको लागि विभिन्न सरकारी निकाय र कानुनको ढोका ढकढकाईरहेकी छिन् । आर्थिक अभावको कारण छोराको उपचार गर्न नसक्दा अहिले उनको छोरा शाररिक रुपमा अपाङ्गता भएको छ ।
जिल्ला प्रशासन कार्यालयबाट सबै काजगात ठिक बनाई राहत पाउने बेलमा वेपत्ता पारिएका श्रीमान् भारतमा रहेका छन् रे दाई(जेठाजु)ले भनेपछि न्याय नपाएको गुनासो गर्दै आएकी छिन् । उनी भन्छन्- छोरा बेहोस भएपछि उपचार गर्न पनि सकिन पैसा भएन, अहिले अंस पनि दिएका छैनन्, नत कुनै राहात पाएकी छु, मलाई न्याय चाहियो । यति भनेपछि पुरानो पिडाले भरिएको उनको मन भक्कानियो ।
रुपन्देहीको सुर्यपुरा गाविसकी राधिका पौडेलको पिडा निलम जस्तै छ । उनको पनि श्रीमान् पिताम्बर पौडेलाई तत्कालीन राज्यपक्षले वेपत्ता बनाएको थियो । तर अहिले सम्म उनले राहातको नाममा केही नगद पाएकी छिन् । तर राहातको केही रकमले उनको श्रीमानको शरिरको मुल्य तिर्न सकेको छैन ।
रुपन्देहीमा १४ जना वेपत्ता परिवारहरुको पिडा अहिले पनि उस्तै छ । आन्तराष्ट्रिय संस्था आई.सी.आर.सीका अनुसार रुपन्देहीमा ८ जना व्याक्ति बेपत्ता पारिएको बताईरहदा विभिन्न गैरसकारी संस्थाले भने १४ जना व्याक्ति बेपत्ता भएको प्रतिवेदनमा उल्लेख भएको एडभोकेसी फोरम नेपाल रुपन्देहीका अध्यक्ष शिव गौडेल बताउछन् ।
स्थानिय शान्ति समिति रुपन्देहीकी संयोजक ज्ञानु पौडेलका अनुसार रुपन्देहीमा अहिले सम्म १ सय ५१ ज्नाको नाम सुचिकृत भएको छ । त्यस्तै वेपत्ता ७ जना र १८ जना घाईते अंगभंग भएका व्याक्तिहरुको नाम सुचिकृत भैसकेको अवस्था छ । एउटै खालको तथ्यांक नभएको कारणले केही कठिनाई भएको भन्दै उनले रुपन्देही जिल्लामा एक जना वेपत्ता परिवारको राहताको लागि छुटेको जानकारी गराईन ।
उनले भनिन्