नेपाललाई हिन्दूराष्ट्र कायम गर्नुपर्ने माग गर्दै काठमाडौंमा र्‍याली

काठमाडौं  । नेपाललाई हिन्दूराष्ट्र कायम गर्नुपर्ने माग गर्दै सनातन हिन्दूराष्ट्र संयुक्त संघर्ष समितिले सोमबार काठमाडौंमा र्‍याली निकालेको छ  ।
सविधानको मस्यौदामा राखिएको धर्मनिरपेक्षता शब्द हटाएर नेपाललाई हिन्दूराष्ट्र बनाउनुपर्ने माग गर्दै संघर्ष समितिले र्‍याली निकालेको हो ।
तीनकुनेबाट सुरु भएको र्‍याली नयाँ बानेश्वरमा पुगेर टुंगिएको थियो । र्‍यालीमा पञ्चेबाजा र विभिन्न झाँकीसमेत प्रदर्शन गरिएको थियो ।
र्‍यालीमा सहभागीहरुले आफूहरुका माग सरकारले नसुनेको भन्दै आक्रोश व्यक्त गरेका थिए । उनीहरुले माग पूरा नभएसम्म आन्दोलन जारी राख्ने चेतावनी दिए । इमेजखबरमा समाचार छ ।