सप्तरीमा लगातार १८ दिनदेखिको बन्दका कारण जनजीवन अस्तव्यस्त

सप्तरीमा लगातार १८ दिनदेखिको बन्दका कारण यहाँका जनजीवन अस्तव्यस्त भएको छ। 
 
जिल्लामा उद्योग, कलकारखाना, व्यापार, शैक्षिक सङ्घसंस्थालगायतको सबै ठप्प रहेको बताइएको छ। 
 
बन्दका कारण दैनिक उपभोग्य सामग्रीको अभाव हुन थालेपछि सामानको मूल्य अकासिएको छ भने बन्दले व्यापार व्यवसायसमेत बन्द रहेको व्यापारी बताउँछन्। 
 
यता केही व्यापारीले बन्दको मौकामा कालोबजारी गरेर महँगो मूल्य लिएर खाद्यान्न सामग्री बिक्री वितरण गरिरहेको पाइएको छ। 
 
सीमाङ्कनको विरोधमा उत्रिएका सङ्घीय समाजवादी फोरम नेपाल, सद्भावना पार्टी, तराई मधेस लोकतान्त्रिक पार्टीलगायतका मधेसवादी दलले आह्वान गरेको अनिश्चितकालीन तराई मधेस बन्दको आज १८ औँ दिन पनि सप्तरीसहित तराईको जिल्लामा बन्द जारी राखेकाले ती जिल्लामा निकै प्रभाव परेको बताइएको छ। 
 
एक दर्जन गाडीमा तोडफोड 
 
सीमाङ्कनको विरोधमा उत्रिएका मधेसी मोर्चाको अनिश्चितकालीन बन्दको क्रममा बन्दको अवज्ञा गरेको भन्दै आन्दोलनकारीले आज बिहान पूर्व