जनकपुरमा प्रदर्शनकारी र प्रहरीबीच झडप हुँदा एक दर्जन प्रदर्शनकारी घाइते, तनाव, कांग्रेस सभासदको घर तोडफोड

जनकपुर । जनकपुरको रेल वे स्टेसननजिक रहेको प्रहरीचौकीमा मंगलबार प्रदर्शनकारी र प्रहरीबीच झडप हुँदा एक दर्जन प्रदर्शनकारी घाइते भएका छन् ।
प्रहरीले झडपलाई नियन्त्रणमा ७ राउन्ड हवाई फायर गर्नुका साथै एक दर्जन अश्रुग्यास प्रहार गरेको थियो ।
घाइते प्रदर्शनकारीको जनकपुर अञ्चल अस्पातलमा उपचार भइरहेको छ ।
आक्रोशित आन्दोलनकारीले भानुचोकमा रहेको कांग्रेस सभासद रामकृष्ण यादवको घर तोडफोड गरेका छन् । इमेजखबरमा समाचार छ ।