कैलालीले धनगढी नगर र टीकापुर क्षेत्रमा लगाएको कर्फ्युको समय घटाएसँगै जनजीवन सामान्य

 जिल्ला प्रशासन कार्यालय कैलालीले धनगढी नगर क्षेत्र र टीकापुर क्षेत्रमा लगाएको कर्फ्युको समय घटाएसँगै जनजीवन केही सामान्य बन्न थालेको छ ।
कर्फ्युको समय घटाएसँगै धनगढी र टीकापुरमा सर्वसाधारणको चहलपहल पनि बढ्न थालेको छ । स्थानीय प्रशासनले धनगढीमा दैनिक चार घन्टा कर्फ्यु जारी राखेको छ भने टीकापुरमा बिहानको समयमा कर्फ्यु फुकुवा गरेपछि जनजीवन सामान्य बन्न थालेको छ ।
स्थानीय प्रशासनले धनगढीमा विहीबार मध्याह्न १२ बजेबाट दिउँसो ४ बजेसम्म कर्फ्यु आदेश जारी गरेको थियो ।  
यसैगरी, टीकापुर नगर क्षेत्रमा लगाइएको २४ घन्टे कर्फ्युको समय बिहानको समयमा फुकुवा गरिएको छ ।
टीकापुरमा बिहान ७ देखि ११ बजेसम्म कर्फ्यु फुकुवा गरिएको स्थानीय प्रशासनले जनाएको छ । कर्फ्यु बाहेकको अन्य समयमा भने यी दुबै ठाउँमा निषेधाज्ञा कायमै छ । इमेजखबरमा समाचार छ ।