आन्दोलन हिंसात्मक बन्दै गएपछि वीरगन्जमा कर्फ्यु जारी, गोली लागेर मृत्यु भएकाहरुको शब अलपत्र

संयुक्त मधेसी मोर्चाको आन्दोलन हिंसात्मक बन्दै गएपछि वीरगन्जमा गत सोमबारबाट लगाइएको कर्फ्यु  अझै हटाइएको छैन ।
स्थानीय प्रशासनले सोमबार दिउँसो ४ बजेबाट कर्फयू आदेश जारी गरेको थियो भने मंगलबारबाट दंगाग्रस्त क्षेत्र घोषणा गरेको हो ।
कर्फयूसँगै वीरगन्ज बजार बिहीबार पनि बिहानैबाट सुनसान छ । लगातारको कर्फ्युले स्थानीयको दैनिकी भने चौपट बनेको छ ।
बिहीबार पनि वीरगन्ज भन्सारबाट मालबाहक गाडीहरु राजधानी भित्र्याइएको छ । उता, गत सोमबार प्रहरीको गोली लागेर मृत्यु भएकाहरुको शव परिबारले नबुझ्दा अस्पताल परिसरमै अलपत्र अवस्थामा छन् ।
शवबाट दुर्गन्ध आउन थालेको छ । मृतकका परिवारले मृतकलाई शहीद घोषणा र क्षतिपूर्ती नपाएसम्म शव नबुझ्ने अडान लिएका छन् ।
उता, जिल्ला प्रशासन कार्यालय बाराले सदरमुकाम कलैया आसपासका क्षेत्रमा बुधबार राती ८ बजेबाट लगाएको कर्फयू बिहान ८ बजेबाट हटाएको छ ।
बिहान कर्फ्यु  हटाए पनि स्थानीय प्रशासनले अवस्था हेरेर कुनै पनि बेला जारी गर्न सकिने जनाएको छ । इमेजखबरमा समाचार छ ।