इलाम । इलामको श्रीअन्तु-६ स्थित एक घरमा किरियापुत्री कुर्न बसेका तीनजनाको मृत्यु भएको छ ।
केही दिनअघि मृत्यु भएकी श्रीमतीका किरियापुत्री कुर्न बसेका लमन तामाङसहित फुर्वा तामाङ र नितेश मगरको शुक्रबार राति मृत्यु भएको हो । राति सँगै सुतेका उनीहरु बिहान बेहोस अवस्थामा फेला परेका थिए ।
सूर्योदय नगरपालिकाको फिक्कल प्राथमिक स्वास्थ्य केन्द्रमा उपचारका क्रममा उनीहरुको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय इलामका प्रहरी निरीक्षक यामबहादुर पौडेलले जानकारी दिए ।
राति जेनेरेटर चलाएर कोठामा सुतेको पाइएकाले जेनेरेटरबाट निस्किएको ग्याँसका कारण निसास्सिएर उनीहरुको मृत्यु भएको हुन सक्ने प्रहरीले जनाएको छ । इमेजखबरमा समाचार छ ।