अखण्ड बागलुङको माग गर्दै आन्दोलनमा उत्रिएका बागलुङबासीको माग सम्बोधन भएको छ।
शनिबार सिंहदरबारमा बसेको चार दलको शीर्ष बैठकले बागलुङलाई अखण्ड राख्ने सहमति भएसँगै बागलुङ नटुक्रिने भएको हो।
बागलुङ अखण्ड रहने विषयमा सहमति भएको छ, बैठकपछि बोल्दै एमालेका नेता माधव नेपालले भने। सेतोपाटीमा समाचार छ ।
अगाडिको समाचारमा :
जिल्ला टुक्र्याएको विरोधमा बाग्लुङबासी सडकमै सुतेर प्रदर्शन
राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीको नेतृत्वमा राजधानीमा र्याली प्रदर्शन ! जिल्ला टुक्र्याएको विरोधमा विगत १४ दिनदेखि आन्दोलनमा उत्रिएका बाग्लुङबासीले शनिबार सडकमै सुतेर प्रदर्शन गरेका छन् । बाग्लुङलाई विभाजित गरी दुईओटा प्रदेशमा राखिएको विरोधमा अनिश्चितकालीन बन्दसहित आन्दोनलका विभिन्न कार्यक्रम गर्दै आएका उनीहरुले बाग्लुङ उद्योग वाणिज्य संघको नेतृत्वमा शनिबार सडकमा सुतेर प्रदर्शन गरेका हुन् ।
पर्वत । जिल्ला टुक्र्याएको विरोधमा विगत १४ दिनदेखि आन्दोलनमा उत्रिएका बाग्लुङबासीले शनिबार सडकमै सुतेर प्रदर्शन गरेका छन् ।
बाग्लुङलाई विभाजित गरी दुईओटा प्रदेशमा राखिएको विरोधमा अनिश्चितकालीन बन्दसहित आन्दोनलका विभिन्न कार्यक्रम गर्दै आएका उनीहरुले बाग्लुङ उद्योग वाणिज्य संघको नेतृत्वमा शनिबार सडकमा सुतेर प्रदर्शन गरेका हुन् ।
लोकतान्त्रिक चोकदेखि धौलागिरि चोक हुँदै जिपपार्क चोकसम्म स्थानीयहरु सडकमै सुतेका थिए ।
समग्र बाग्लुङ लाई प्रदेश नम्बर ४ मा राख्न माग गर्दै नेपाली कांग्रेस, एमाले, एमाओवादी, राष्ट्रिय जनमोर्चा, राप्रपा, अखन्ड पार्टीलगायतका दलले नेतृत्व गरेको आन्दोलनमा उद्योग वाणिज्य संघ, गैरसरकारी संस्था महासंघ, नेपाल शिक्षक महासंघ, नेपाल बार एसोसियसन, पत्रकार महासंघलगायतका संस्थाले ऐक्यबद्धता जनाउँदै आएका छन् ।
अखन्ड बाग्लुङको माग गर्दै राजधानीमा र्याली प्रदर्शन
अखन्ड बाग्लुङको माग गर्दै शनिबार राजधानीमा र्याली प्रदर्शन गरिएको छ ।
सिंगो बाग्लुङ जिल्लालाई टुक्राइ दुईओटा प्रदेशमा विभाजन गरिएको भन्दै अखन्ड बाग्लुङको मागसहित प्रदर्शन गरिएको हो ।
राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीको नेतृत्वमा राजधानीको माइतीघर मन्डलाबाट सुरु भएको र्याली नयाँबानेश्वर पुगी समापन गरिएको थियो ।
सिंगो बाग्लुङ जिल्लालाई प्रदेश नम्बर ४ मा समावेश गर्नुपर्ने उनीहरुको माग छ ।
इमेजखबरमा समाचार छ ।