थरूहट तराई पार्टी, नेपालले संविधानसभा बहिष्कार गर्ने निर्णय गरेको छ। संविधान निर्माणमा ठूला तीन दलले सिन्डीकेट गरेको र आफ्नो माग बेवास्ता गरेको भन्दै आइतबारको पार्टी बैठकबाट संविधान सभा बहिष्कार गर्ने निर्णय गरेको हो।
पार्टी अध्यक्ष भानुराम थारुले विज्ञप्ति जारी गरी सदियौदेखी उत्पीडनमा पारिएका जाति, वर्ग, लिङ्ग र क्षेत्रहरूको पहिचान, आत्मसम्मान, अधिकारको सुनिश्चितता गर्ने जिम्मेवारी पाएको संविधानसभालाई केही दलका नेताहरूले कुण्ठित गरेको बताएका छन्।
विज्ञप्तिमा थरूहट-थारूवान् संयुक्त संघर्ष समिति, आदिवासी जनजाति, मधेसी मोर्चाहरूले उठाएका न्यायसंगत एवम् जायज माग तथा मुद्धाहरू सम्बोधनको सुनिश्चितता नभएसम्म संविधानसभाको सम्पूर्ण प्रक्रिया बहिष्कार गर्ने उल्लेख छ।
थरुहट तराई पार्टीले संविधानको विधेयक संशोधनको प्रस्तावसमेत दर्ता गराएको थियो। सेतोपाटीमा समाचार छ ।