काठमाडौंमा गोली चल्यो,पेस्तोलसहित एक पक्राउ

काठमाडौंको जोरपाटीमा आइतबार साँझ गोली चलेको छ। गोली लागि सर्लाही घर भएका २४ वर्षीय राजकुमार वाइवा घाइते भएका छन्। उनको अवस्था सामान्य छ।  उनको गालामा चोट  पनि लागेको छ। गोली चलाउने दोलखा  घर भइ स्वयम्भु बस्दै आएका तेन्जिङ शेर्पा पक्राउ परेका छन्।
उनको साथबाट प्रहरीले एक थान पेस्तोल र त्यसमा लाग्ने म्यागजिन बरामद गरेको महानगरीय प्रहरी अपराध महाशाखाका एसएसपी सर्वेन्द्र खनालले जानकारी दिए। वाइवा केही दिनअघि साउदी अरबबाट नेपाल आएका हुन्।
वाइवामाथि किन आक्रमण भयो भन्ने विषयमा छानबिन भइरहेको छ। ग्याङ फाइट भएको हुन सक्ने प्रहरीले अनुमान गरेको छ । दुई चार चार राउण्ड फायर पनि भएको स्थानीयले बताएका छन् । घटनापछि अपराध महाशाखाका प्रमुख खनाल र बौद्धका प्रहरी घटनास्थल पुगेका थिए । सेतोपाटीमा समाचार छ ।