थारु लगायत विभिन्न समुदायले गरेको आहड्तालका कारण सोमबारदेखि दाङको जनजिवन फेरि प्रभावित भएको छ।आन्दोलनरत पक्षले आन्दोलन थप कडा बनाउने भन्दै सोमबारदेखि २४ सै घन्टा बन्द गरिने जनाएका छन्।
बन्दका कारण जिल्लामा सवारीसाधन सञ्चालनमा आउन सकेका छैनन्। बिहान तुलसीपुर-घोराही सडक खण्डमा सवारीसाधन केहिबेर सञ्चालनमा आएपनि पछि बन्द गरिएको छ।
बन्दकर्ताले यातायात व्यवसायी, उद्योगी, व्यापारी र विद्यालय सञ्चालकहरुलाई समेत सहयोगका लागि आग्रह गरेका छन्। विज्ञप्तिमा शैक्षिक संस्था, लामो तथा छोटो दुरीका सवारी साधन,बजार, कलकारखाना, उद्योग धन्दा सबै वन्द हुने जनाइएको छ।
आन्दोलनरत पक्षले आफूहरुको माग सम्बोधन नहुँदासम्म आन्दोलन नरोकिने बताउँदै आएका छन्। तर अहिलेसम्म जिल्लाको तुलसीपुर र घोराहीमा अधिकांस पसल भने खुलेका छन्। लमही क्षेत्रमा बजार, यातायात, शैक्षिक संस्था सबै ठप्प छन्। सेतोपाटीमा समाचार छ ।