सुनसरीमा लगातारको बन्दका कारण दैनिक उपभोग्य वस्तुकोसमेत अभाव हुन थालेको छ ।
एक महिनादेखिको बन्दले बजारमा स्टकमा रहेको खाद्यान्नलगायतका उपभोग्य पदार्थ सकिएपछि अभाव देखिएको हो ।
धरान, इटहरी, इनरुवा, दुहवी, खनार, महेन्द्रनगर, झुम्कालगायतका बजारमा दैनिक उपभोग्य वस्तुको अभाव भएको व्यापारी तथा उपभोक्ताले बताएका छन् ।
साल्ट ट्रेडिङको क्षेत्रीय कार्यालय विराटनगरमा नुन र चिनी मौज्दात रहेपनि यातायात नचल्दा त्यसलाई बजारसम्म पुर्याउन नसकिएको इटहरीका व्यापारी भीम पौडेलले बताए । इमेजखबरमा समाचार छ ।