धादिङको चिउरीमोडमा यात्रुबाहक बस दुर्घटना हुँदा ४ जनाको मृत्यु, ३५ जना यात्रु घाइते

धादिङको जीवनपुर -५ चिउरीमोडमा सोमबार साँझ यात्रुबाहक बस दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ।  
घटनामा ३५ जना यात्रु घाइते भएका छन्। 
घाइतेमध्ये  केहीको अवस्था गम्भीर  रहेको छ। 
बा २ ख २३२१ नम्बरको सो बसमा ललितपुरमा जारी गोदावरी मेला भर्न आएका यात्रुहरू रहेका थिए। सेतोपाटीमा समाचार छ ।