संविधान विधेयकको दफावारे छलफल सुरु

संविधानभाले मंगलबारदेखि संविधान विधेयकको दफावारे छलफल सुरु भएको छ ।  
संविधान निर्माणको निर्णायक र अन्तिम छलफलका लागि संविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्वाङले मंगलबार अपरान्ह सभाको बैठक राखेका हुन् । उक्त बैठकमा संविधान विधेयकमाथि परेका ५६ वटा संसोधन क्रमैसँग प्रस्तुत भएपछि संशोधन र विधेयकयका दफामा एकमुष्ट छलफल हुनेछ । संविधानसभा सचिवालयमा शनिवारको समय सीमाभित्र संशोधन प्रस्ताव राख्ने सभासद्मध्ये सोमबार केहीले फिर्ता लिएका छन् । संविधानसभा अध्यक्षले संशोधन प्रस्तावलाई सभामा पेस गर्न स्वीकृती दिनु अगावै फिर्ता नलिने सभासद्ले भने मतदानका बेला मात्रै फिर्ता लिने अन्तिम मौका पाउछन् ।
सभाध्यक्ष नेम्वाङले संशोधनकर्ता सभासद्लाई आफ्नो संशोधन पेस गर्न ७ मिनेट र छलफलमा भाग लिने सभासद्हरुलाई ५ मिनेको समय दिने तयारी गरेका छन् । एमाओवादी सहितका प्रमुख दलहरुलाई शासककीयस्वरुप सहितको फरक मतलाई आफ्नो राजनीतिक अडानका रुपमा संविधानसभामा अन्तिमपटक रेकर्ड गराउन पनि विशेष समय दिने उनको तयारी छ । एमाओवादीले नेम्वाङको आग्रह समेतका आधारमा फरकमतलाई संसोधनका रुपमा दर्ता नगरी सोझै संविधानसभामा टेवल गराउन लागेको हो ।
भदौ मसान्त भित्रै संविधान जारी गर्ने तयारी गरेपनि संविधानसभा सचिवालयले दफावार छलफल गराउने समयसीमा र पारित गर्ने अन्तिम दिन तोकेको छैन । दफावार छलफलमा भाग लिने सभासदो संख्या, संसोधन प्रस्ताव र विधेयकका धारा पारित गर्दा हुने सहमति/विमतिको वातावरणले संविधान जारी गर्ने समय सीमा केही दिन वर/पर हुन सक्ने सचिवालयको विश्लेषण छ । यसअघि संविधान विधेयकमाथिको सैद्धान्तिक छलफलमा यसैगरी चार दिन चलेको थियो । त्यसक्रममा ४ सय भन्दा बढि सभासद्ले भाग लिएकाले दफावार छलफलमा भाग लिने सभासदो संख्या थारै हुन सक्ने सचिवालयका एक अधिकारीले बताए ।
संविधानको विधेयकमा छुट्टै संशोधन हाल्ने एमालेका तीन सभासद् जितु गौतम दर्जी, दलबहादुर सुनार र पेम्बा भोटेले आफ्नो संशोधन फिर्ता लिएका छन् । पार्टीसंगको परामर्शमा तीनै जानाले फिर्ता लिएको एमाले प्रमुख सचेतक अग्नि खरेलले जानकारी दिए ।
संविधान जारी गर्नु अहिलेको मुख्य दायित्व भएकाले त्यसलाई पुरा गर्न हामीले संशोधन फिर्ता लिएका हौ एमाले सभासदले गौतमले कान्तिपुरसँग भने, संविधान जारी भएको अवस्थामा मात्र दलितहरुका सवाललाई फेरी समेटन सकिन्छ, संविधान नै बन्न सकेन भने त्यो ठाँउ समेत नरहने भएकाले हामीले फिर्ता लिएका हौ ।