काठमाडौं । आन्दोलनरत संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले संविधानसभामा आफ्नो असहमति राख्दै मंगलबार संविधानसभाको बैठक बहिस्कार गरेको छ ।
मोर्चाका तर्फबाट बैठकमा बोल्दै तराई मधेस सदभावना पार्टीका सभासद महेन्द्र यादवले बहुमतका आधारमा संविधान बनाइए मुलुकमा द्धन्द्ध हुने चेतावनी दिए ।
यादवले वार्ताको लागि वातावरण बनाउनुको साटो अमानवीय र क्रूर ढंगले जनतामाथि आक्रमण भएको बताए । देशको आधा जनसंख्या आन्दोलनमा रहेको बेला संविधान जारी गर्न खोजिएको भन्दै उनले आपत्ति जनाए ।
मधेसी मोर्चासँग भएका सहमति कार्यान्वयन नगरिएको उनले आरोप लगाए । उनले सहमतिका आधारमा नभइ बहुमतका आधारमा संविधान बनाउने काम भएकाले तराई मधेसमा आन्दोलन भएको बताए ।
अन्तरिम संविधानको भावना र मर्मलाई समेटिनुको साटो विगतमा भएका सहमतिलाई उल्टाउने काम गरिएको यादवको भनाइ छ ।
आन्दोलनप्रति बेवास्ता गरिएको भन्दै उनले भने