पूर्वमा मधेस अनि पश्चिममा थरुहट प्रदेश बनाइए पहाडबाट तराई अलग हुन सक्ने राजमोका चित्रबहादुर केसीको चेतावनी

काठमाडौं  । सभासद तथा राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले सीमांकनको टुंगो अधिकारसम्पन्न आयोगले लगाउने निर्णय उचित नै भए पनि त्यो गर्न नदिइएका कारण अहिलेको अवस्था आएको दावी गरेका छन् ।
संविधानसभाको बुधबारको बैठकमा संविधानको विधेयकमाथि संशोधन प्रस्ताव पेश गर्दै उनले भने, सीमांकन गर्दा नै यस्तो अवस्था आएको छ, अब नामांकन र प्राकृतिक श्रोतको बाँडफाँडमा के होला ?
संविधान निर्माणमा दृढतापुर्वक अघि बढ्नु पर्ने भन्दै उनले पूर्वमा मधेस अनि पश्चिममा थरुहट प्रदेश बनाइए पहाडबाट तराई अलग हुन सक्ने चेतावनी दिए । जातको आधारमा प्रदेश बाँड्न नहुनेमा उनले जोड दिए ।
कुनै पनि अञ्चललाई टुक्र्याउन नहुने भन्दै केसीले नवलपरासी र रुकुमलाई टुक्र्याउने निर्णयको विरोध गरे । इमेजखबरमा समाचार छ ।